नियम १४
कल्याणकारी कोषको प्रयोग
: (१) श्रम सम्बन्ध समितिले कामदार वा कर्मचारीको हित र कल्याण गर्ने देहायका कामका निमित्त कल्याणकारी कोषमा जम्मा रहेको रकम खर्च गर्न सक्नेछ :
(क) कामदार वा कर्मचारी वा तिनीहरुको पारिवारका सदस्यहरु विरामी भई वा दुर्घटनामा परी तत्काल अर्थिक सहयोग उपलब्ध गराउनु पर्ने भएमा ।
(ख) कामदार वा कर्मचारी वा तिनीहरुका बालबालिकाहरुको शिक्षाको लागि आवश्यक व्यवस्था गर्न ।
(ग) कामदार वा कर्मचारीको लागि खेलकूद, मनोरंजन, पुस्तकालय, क्लब अदिको व्यवस्था गर्ने ।
(घ) कामदार वा कर्मचारीलाई असाधारण परिस्थिति परी आएमा सहुलियत व्याजदरमा सापटी दिने ।
(ङ) दैवीप्रकोप जस्ता आपतकालीन घटना घटेमा कामदार वा कर्मचारीलाई आपतकालीन सहयोग गर्ने कार्यमा खर्च गर्न ।
(च) कामदार वा कर्मचारीहरुको सामूहिक हित हुने किसिमका अन्य कल्याण्कारी कार्यमा खर्च गर्न ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भएता पनि नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्व भएको चियाबगानले कामदार वा कर्मचारीहरुको सामूहिक हित हुने किसिमका कल्याणकारी कार्यमा कल्याणकारी कोषबाट खर्च गर्न तत्सम्बन्धी कार्य योजना बनाई श्रम
विभागको पूर्व स्वीकृति लिएको हुनु पर्नेछ ।
(३) कल्याणकारी कोषमा जम्मा रहेको रकम कामदार वा कर्मचारीले उपनियम (१) मा लेखिएको प्रयोजन बाहेक अन्य प्रयोजनको निमित्त खर्च गर्न वा आपसमा वितरण गरि दिन पाउने छैन ।